धनगढीमा अबैध भन्सार छलीको सामान बरामद

धनगढीमा अबैध भन्सार छलीको सामान बरामद

धनगढी । प्रहरीले धनगढीमा अबैध भन्सार छलीको सामान बरामद गरेको छ ।

धनगढी उप-महानगरपालिका-८ स्थित सडक खण्डमा अबैध रुपमा भन्सार छली गरी ल्याएका ५९ हजार ६२० रुपैँया बराबरका महिलाका सुट र बच्चाका कपडाहरु बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले महिलाका सुट र बच्चाका कपडाहरु सहित बिभिन्न सामानहरु बरामद गरिएको हो ।

वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीका लागी आजै कैलाली भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।