महेन्द्रनगरमा तरकारीको मूल्य फेरि आकासियो

महेन्द्रनगरमा तरकारीको मूल्य फेरि आकासियो

कञ्चनपुर । स्थानीय स्तरमा तरकारी उत्पादन नहुँदा महेन्द्रनगरमा तरकारीको मूल्य फेरि आकासिएको छ ।

विगत दुई साता यता तरकारीको मूल्य वृद्धि भइरहेको ठेला व्यवसायीको भनाइ छ स्थानीय स्तरमा उत्पादित तरकारी आउन छाडेपछि भारतबाट ल्याइएको तरकारी विक्री गर्नुपरेको व्यवसायीहरूले बताएका छन् ।

अहिले पहाडी क्षेत्रबाट पनि तरकारी आउन छोडेको उनीहरूले जनाएका छन् । पहाडबाट ल्याइएका आलु केही महँगो पर्न जाने हुँदा सब्जीमन्डीबाट भारतीय आलु खरिद गरी बेच्ने गरेको उनीहरूले बताएका छन् ।

साता दिन पहिले सय र एक सय २० मा खरिद भइरहेको आलु अहिले धरीको १ सय ४० र १ सय ८० मा बिक्री भइरहेको छ । भारतबाट आउने भएकाले गुणस्तरीयताको पनि ख्याल राख्नुपर्ने स्थानीय उपभोक्ताहरूको माग छ ।

सब्जीमन्डीमा प्याजको मूल्य रु १० ले वृद्धि भएर रु ८० मा बिक्री भइरहेको छ । त्यस्तै सिमल रु २० ले बढेर १ सय ४०, करेला रु २ सय, खुर्सानी २ सय ५०, टमाटर रु ४० मा बिक्री भइरहेको ठेला व्यापारी दिना सुनारले बताइन् ।