आफ्नै श्रीमानले गरे तेजाव आक्रमण

आफ्नै श्रीमानले गरे तेजाव आक्रमण

 एक महिलामाथि उनकै श्रीमानले कुटपिट गरी तेजाव आक्रमण गरेका छन् ।

भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले दिएको जानकारीअनुसार भक्तपुर दधिकोटका ६५ वर्षका श्याम गुभाजुले कुटपिटपछि नाम नखुलेको केमिकल शरीरमा प्रहार गरी घाइते बनाएका छन् ।

यस रसायनलाई तेजाव आक्रमणविरुद्धको अभियानमा सक्रिय उज्ज्वलविक्रम थापाले तेजाव आक्रमण भनेका छन्।

घाइते महिलालाई कीर्तिपुर अस्पतालमा उपचार गरिँदैछ । आक्रमणकारी श्याम गुभाजुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।