जुटेन सहमति काँग्रेस अछाम सभापतिमा आज फेरि मतदान हुने

जुटेन सहमति काँग्रेस अछाम सभापतिमा आज फेरि मतदान हुने

नेपाली काँग्रेस अछाम सभापतिका लागि आज दोस्रो चरणको चुनाव हुने भएको छ । 

पहिलो चरणको चुनावमा तीन उम्मेदवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिको प्रयास भएको थियो ।

सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट बाहिरिसकेका छन् । सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको छ । 

पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए ।