सुनको मूल्य तोलामा १ लाख ३ हजार पुग्यो

सुनको मूल्य तोलामा १ लाख ३ हजार पुग्यो

सुनको भाउ लगातार बढेर नयाँ रेकर्ड कायम गर्ने लयमा छ । कोभिड-१९ का कारण भएको लकडाउनका बेलामा सुनको बजार प्रभावित हुँदा भाउ बढेको थियो । तर, कोभिड-१९ को सङ्क्रमण कम हुँदै गएपछि सुनको भाउ घट्न थालेको थियो । अहिले फेरि रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा असर पर्न थालेको छ ।

दुई देशबीचको युद्धकै कारण सुनको भाउ समेत लगातार बढ्दै  गएको छ। आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन हजार रुपैयाँमा पुगेको छ । यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।

यसपालि भाउ बढेर नयाँ रेकर्ड बन्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनु भएको छ । उहाँका अनुसार सुनको भाउ अझै बढ्ने सम्भावना छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँमा पुगेको छ ।