कैलालीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना

कैलालीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना

धनगढी । कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा सिमेन्ट बोकेको ट्रक दुर्घटना भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पूर्वबाट पश्चिम आउँदै गरेको सु प प्र ०१००१ख२९०४ नम्बरको ट्रक गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रकका सहचालक सामान्य घाइते भएका छन् ।