युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गर्न थालेको दाबी

युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गर्न थालेको दाबी

रुसले युक्रेनमाथि आक्रमणका लागि सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गरिरहेको दाबी गरेको हो ।

रुसले युक्रेनसँगको लडाइका लागि भर्ती हुने लडाकुलाई २ सयदेखि ३ सय डलरसम्म तलब दिने तयारी गरिएको पनि अमेरिकी अधिकारीले दाबी गरेका छन् । सिरियामा चलेको गृहयुद्धका कारण उनीहरुलाई युद्धबारे जानकारी हुने र युद्धमा लड्ने अनुभव भएको भन्दै उनीहरुलाई भर्ती गर्न लागिएको खबरमा उल्लेख गरिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो माग पूरा नभएसम्म युक्रेनमाथिको आक्रमण नरोक्ने बताएका छन् ।टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले लडाइँ छोडेर युक्रेनले आफ्नो आग्रहलाई माने मात्रै युद्ध रोकिने बताउनु भएको छ ।