एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु, यी हुन् एजेन्डा

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु, यी हुन् एजेन्डा

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक सुरु भएको छ । बैठक केही बेरअघिबाट सुरु भएको अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले बताए ।

बैठकमा आगामी निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्यलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए । 

एकीकृत समाजवादीले फागुन २५ र २६ गते केन्द्रीय समितिको पनि बैठक बोलाएको छ।