माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । राष्ट्रिय सभा गृहमा केन्द्रीय कमिटीको शुक्रबार दिउँसो मध्यान्ह १२ बजेबाट बैठक सुरु भएको हो।

केन्द्रीय कमिटी बैठकमा एमसीसी अनुमोदन, समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचन, केन्द्रीय कमिटीलाई पूर्णता लगायतका विषयमासमेत छलफल हुनेछ। 

बैठकले स्थानीय चुनावलाई लक्षित गर्दै पूर्व स्थायी कमिटीका १८ जना सदस्य रहेको चुनावी कमाण्ड बनाउने भएको छ। पदाधिकारी चयन गर्न नसकेपछि पूर्व स्थायी कमिटीको नेतृत्वमा चुनावी मोर्चा बनाउन लागेको हो।

एमसीसी अनुमोदनले पार्टीमा विवाद चर्किएको छ। महाधिवेशन र पार्टी निर्णयविपरीत अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकलौटी एमसीसी अनुमोदनका पक्षमा निर्णय गराएको भन्दै नारायणकाजी श्रेष्ठ समूह रुष्ट बनेको छ।

नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन सकस परेको छ। सहमति जुट्न नसकेकाले स्थानीय तहको चुनावपछि मात्रै पदाधिकारी चयन हुने बैठक अगावै पार्टीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका थिए।