माओवादीको केन्द्रीय सदस्यमा ९७ जना थपिए

माओवादीको केन्द्रीय सदस्यमा ९७ जना थपिए

नेकपा माओवादी केन्द्रले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेको छ ।

सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरेका छन् । 

जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् ।

यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।