रूसविरुद्ध युक्रेनको पछि नहट्ने प्रतिबद्धता

रूसविरुद्ध युक्रेनको पछि नहट्ने प्रतिबद्धता

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रूसविरुद्धको लडाइँ नछोड्ने बताएका छन् । बेलायतको संसद् हाउस अफ कमन्सलाई सम्बोधन गर्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रूसविरुद्ध लडिरहने प्रतिबद्धता जनाए ।

‘हामीले आत्मसमर्पण गर्दैनौँ । पछि हट्दैनौं । हाम्रो भूमिका लागि निरन्तर लडिरहनेछौं’ भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने ।

रूसविरुद्धको लडाइँमा आफूहरू जंगल, मैदान, समुद्री किनार र सडकबाटसमेत लड्न तयार रहेको उनले बताए । जेलेन्स्कीले सम्बोधन गर्नुअघि बेलायतले सन् २०२२ को अन्त्यसम्म रूसी तेलको आयात नगर्ने बताएको थियो ।