पछिल्लो २४ घण्टामा भारतमा ३ हजार बढी कोरोना संक्रमित थपिँदा एक सय भन्दा बढीको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा ३ हजार बढी कोरोना संक्रमित थपिँदा एक सय भन्दा बढीको मृत्यु

भारतमा थप ३ हजार ७०२ जना कोरोना सक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएसँगै कोरोनाका कुल संक्रमितको संख्या ४ करोड २९ लाख ७९ हजार ५८५ पुगेको छ ।

तीमध्ये हालसम्म ४ करोड २४ लाख १३ हजार ५६६ जना निको भइसकेका छन् ।

पछिल्लो एक दिनको अवधिमा मात्रै १०४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख १५ हजार ४९० पुगेको छ ।

हाल त्यहाँ कोरोनाका सक्रिय संक्रमितको संख्या ५० हजारमा झरेको छ ।