सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य देखिएको छ ।

पछिल्लो २४ घण्टामा ३३ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा हाल दुई जना कोरोना सङ्क्रमित उपचाररत छन् ।दुवै जनाको आइसियुमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

हाल सम्म अस्पतालको प्रयोगशालामा एक लाख २५ हजार ८ सय ५१ जनाको पिसिआर स्वाब सङ्कलन गरिएकोमा २३ हजार ९ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । भने हाल सम्म सो अस्पतालमा दुई सय २८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।