अनेरास्ववियु दार्चुलाको अध्यक्षमा सामन्त सर्वसम्मत निर्वाचित

अनेरास्ववियु दार्चुलाको अध्यक्षमा सामन्त सर्वसम्मत निर्वाचित

दार्चुला । अनेरास्ववियु दार्चुलाको १३ औं जिल्ला अधिबेशनबाट गणेश सामन्त सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

 जिल्ला कमिटिको सचिवमा नरेन्द्र प्रसाद जोशी, सहसचिव रेशिका धामी, धन सिह बडाल र सुरेन्द्र जोशी, कोषाध्यक्ष कृष्ण सिह धामी लगायत ३३ सदस्यीय अनेरास्ववियु जिल्ला कमिटि गठन गरिएको जनाइएको छ । 

उपाध्यक्षमा शन्तोष सिह ठगुन्नालाई चयन गरिएपनि उनले नेतृत्वप्रति असहमति जनाउदै आफू उपाध्यक्षमा नरहेको बताएका छन् । बुधबार अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यततामा १३ औं जिल्ला अधिवेशन उदघाटन गरिएको थियो । 

उद्घाटनपछिको बन्द सत्रले सर्वसम्मतमा अनेरास्ववियुको नयाँ नेतृत्व चयन गरेको नव निर्वाचित सचिव नरेन्द्र प्रसाद जोशीले बताए ।