आजको मौसम

आजको मौसम

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव रहेको छ।

देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि अन्य भुभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भुभागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यता सफा रहने छ। देशको पहाडी भुभागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १को उच्च हिमालीको भुभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।