सेती प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३० नमुना परीक्षण गर्दा थप पाँच जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा तीनजना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये तीनै जनाको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।