'शेरे तेरो पाराले दुःख पायो साराले' भन्दै धनगढीमा घन्कियो एमसीसी विरुद्ध नारा

'शेरे तेरो पाराले दुःख पायो साराले' भन्दै धनगढीमा घन्कियो एमसीसी विरुद्ध नारा

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा ६ दल र २ मोर्चाले एमसीसी विरुद्ध विरोध प्रदर्शनका नारा घन्काएका छन् । 

शनिवार युवाहरूले एमसीसी विरुद्ध कैलालीका विभिन्न स्थानसहित धनगढी ट्राफिक चौराहाबाट सुरु भएको विरोध र्‍यालीमा विभिन्न नारा सहित पार्क मोडसम्म पुगेर विरोध सभा गरिएको हो । 

एमसीसी देउवा नेतृत्वको सरकाले संसद्बाट पारित गरेपछि उनीहरूले आफूहरू सडक र विरोधमै रहेको बताएका छन्। प्रदर्शनका क्रममा, ''राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, एमसिसी चाहिँदैन, अमेरिकन साम्राज्यवाद मुर्दावाद, दलालहरू होसियार, शेरे तेरो पाराले दुःख पायो साराले'' लगायतका नारा समेत लगाइएको थियो । 

एमसीसी नेपालको हित विपरीत रहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरिरहेका हुन् । विरोध प्रदर्शन कार्यक्रममा ६ दल र २ मोर्चाका युवा सङ्गठनका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ।