हेडलाइन बन्ने कुरा नै बोलेर मन्त्री भएकी झाँक्री भन्छिन्, 'मिडियामा बिक्ने हेडलाइन बोल्दिन'

हेडलाइन बन्ने कुरा नै बोलेर मन्त्री भएकी झाँक्री भन्छिन्, 'मिडियामा बिक्ने हेडलाइन बोल्दिन'

धनगढी । कुनै बेला मिडियामा बिक्ने हेडलाइन अर्थात् प्रत्यक्ष जनसरोकारका विषय बोलेर नै संघिय सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले मिडियामा बिक्ने हेडलाइन नबोल्ने बताएकी छन् ।  समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीद्वारा शनिवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले मिडियामा बिक्ने हेडलाइन नबोल्ने बताएकी हुन् । 

मन्त्री झाँक्रीले आफूले अभ्यास कम गरेको भए पनि मास कम्युनिकेसन पढेको विद्यार्थी भएको बताउँदै आज बिक्ने समाचार अथवा पत्रकारहरूले आफूबाट जवाफ माग्न सक्ने विषय हरू, एमसीसी, गठबन्धन, स्थानीय चुनाव लगायतका विषय भए अप्रत्यक्ष रूपमा आफू सँग सो विषयबारे कुनै उत्तर नै नभएको आशय व्यक्त गरेकी छन् । “बाईदवए म चैँ मास कम्युनिकेसन पनि पढेको स्टुडेन्ट प्राक्टिस कम गरेको त्यस कारण मलाई मिडियामा के जान्छ भन्ने विषय पनि थाहा भएको हुनाले म चाहन्न कि जाने चिज दिऊँ, म चाहँदा पनि चाहन्न यी विषयमा बोल्न” उनले भनिन् । 

मन्त्री झाँक्रीले मिडियामा के-के लेख्ने के चाहनु भएको हो भन्ने विषमा त्यत्तिकै रोकिइनन् । उनले अनुमान लगाउँदै, “म लाई थाहा छ । तपाँईहरुका हेडलाइनमा जाने न्युज के हुन सक्छ भने, म निर्वाचन, गठबन्धन, मेरो पार्टी अथवा अन्य पार्टीहरू प्रति असन्तुष्टि व्यक्त गरे भने, एमसीसी बारे बोले भने तपाईँहरू सबैका समाचारको हेडलाइन बन्छ । तपाईँहरूले इन्ट्रो पनि त्यसमै बन्छ । अल्टर नेटिभ मिडिया होस या मेनस्ट्रीम तर त्यसको कुनै अर्थ छैन ।” भन्दै सिकाउन खोज्दै थिइन कि नेपालका मिडियाले अब के लेख्ने र कसरी लेख्ने भन्ने विषयहरू यद्धपी उनी सँग आफ्नो मन्त्रालय तथा मन्त्री बाट अपेक्षित जनसरोकारका विषयहरू बारे भने कुनै ठोस जवाफ नै थिएन ।

मन्त्री झाँक्रीले मिडियाहरूले कसैलाई दानव र कसैलाई भगवान् बनाएको समेत आरोप लगाउन भ्याएकी छन् । उनले खरिद कानुनमा आएको संशोधन, एमसीसी, गठबन्धन लगायतका विषयहरू बिकाऊ भएको बताइन् । यद्यपि यी विषयहरूमा संघिय सरकारको मन्त्रीले आफ्नो भूमिका के कस्तो खेल्दै छिन् ? भन्ने हिसाबले पनि वास्तवमै जन चासोका विषय थिए । तर ती विषयमा प्रवेश नगर्ने घोषणा गर्न पाएकोमा मन्त्री झाँक्री मख्ख देखिन्थिन् । 

मन्त्री झाँक्रीलाई, तपाई मन्त्री हुनु भन्दा पहिले समाजका होस या अन्य राजनीतिक विषयमा  आफ्ना धारणाहरू र जनताका विषयमा पनि बोल्ने गर्नु हुन्थ्यो ? पछिल्लो समय मन्त्री भइसके पश्चात् ती विषय अथवा अहिले चलेका विषमा तपाईँले बोल्न छोड्नुभयो भरखरै पनि तपाईँले मिडियामा हेडलाइन बन्ने विषय अथवा मिडियामा जाने विषय बोल्न छोडे भन्नुभएको छ । यसमा सुध्रिएको मान्न सकिन्छ अथवा तपाई साईलेन्ट नै हुनुभएको, हरेक विषयमा तपाई को बिचार न्युन, न्युन आउन थालेका छन् । यसबाट के बुझ्ने ? भनी सोधिएको प्रश्नमा मन्त्री झाँक्रीको मुस्कान सहितको जवाफ थियो, “यतिखेर बोल्या के त भाइ मैले ? यसो छ, सबै भन्दा पहिले आफ्नो कामको कुरा बोल्नुपर्‍यो सरकारको प्राईरोटीका कुरा बोल्न पर्‍यो, मैले पनि कोरा राजनीतिक दलका बारे मात्रै बाले भने अरू मेरा साथीहरूले के बोल्ने ? आफ्नो आफ्नो कामको कुरा गरौँ न पहिला । मेरो धारण न्युन छैन दिई राखेकै छु । तर मैले मैले थाहा पाइसक्या छु ।   तपाईँहरूलाई एमसीसी चाहिएकै छ ।।” भन्दै प्रसङ्ग फेरिन् । तर प्रसङ्ग फेरियो जवाफ आएन । 

मन्त्री झाँक्रीले आफ्नो काम र मन्त्रालयले गर्ने कामकारबाही बारे मात्रै बोल्ने आशय व्यक्त गरिसके पश्चात् उनको कार्य क्षेत्रकै प्रश्न सोधियो, कार्यकाल अवधि सकिँदै लाग्दा तपाईँले यो गरेँ भनेर देखाएर जान सक्ने कामको थालनी गर्नुभएको छ ? भन्ने प्रश्नको जवाफ पनि स्पष्ट नदिईकन आफ्नो मन्त्रालयले गरेको कामको प्रभाव तत्काल नदेखिने बताइन् ।, “मेरो मन्त्रालयको नेचर कस्तो भने मैले आज गरेको निर्णयको इम्प्याक्ट चैँ देखिँदैन । किन भने, जुनसुकै निर्णय बनाएर कार्यान्वयनमा ल्याउन समय लाग्छ । केही सहरी विकासको क्षेत्रमा विगत ४ महिना देखी काम भइरहेको छ । फोहोर मैलाको क्षेत्रमा पनि थुप्रै काम गरेका छौँ । यी सबै कुरा भन्छु नै तर अहिले थोर-थोरै भनौँ ।” उनले भनिन् ।

यी प्रसङ्गहरूबाट मन्त्री झाँक्रीको मिडिया प्रतिको बुझाई अथवा व्यवहार त उदाङ्गो भएको छ नै । अझ उनले मन्त्री बन्नु भन्दा पहिले उठान गर्ने गरेका विषय बोली हरू कतै चर्चा कमाउनको लागी र नागरिकको ध्यान आफू केन्द्रित गर्नको लागी मात्रै त थिएनन् ? शङ्का गर्न मिल्ने मार्ग प्रशस्त भएको छ ।