नेपालमा थप ५९ जनामा कोरोना पुष्टि, १९२ जना संक्रमणमुक्त

नेपालमा थप ५९ जनामा कोरोना पुष्टि, १९२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता सङ्गीता मिश्रका अनुसार २४ घण्टामा ६ हजार ३०६ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी १६ सय ४१ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । आइतबार पीसीआर र एन्टीजेन परीक्षणबाट ६५ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

त्यसैगरी २४ घण्टामा १९२ जनाले कोरोना जितेका छन् भने कसैको पनि मृत्यु भएको छैन । २४ घण्टामा ६८ हजार ४८८ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर चार हजार ९१४ जना सक्रिय सङ्क्रमित छन् ।