चियासँग मान्छेको मित्रता !

चियासँग मान्छेको मित्रता !

आउनुहोस् बिचार गरौँ आखिरमा चिया के हो त । चिया मित्रता पनि हो चिया पनि राजनीति हो । अहिले को समयमा चिया गरिबका कटेज देखी धनीका महल सम्म पाक्ने समान एउटै चिज हो ।

चिया क्याम्पसका क्यान्टिन देखी हस्पिटलका क्यान्टिन सम्म होस त या दुःखका खबर देखि खुसीका खुसीयाली सम्म सर्वसाधारण मान्छेको ध्यान जाने सबको समान चिज पनि चिया नै हो ।

सामान्यतया बिस तिस रुपैयाँमा पाइने एक कप चियामा मान्छे पसलमा बसेर धन्टौ कटाउन सक्छन् र त्यही चियाको सहायताले देशको परिवेश देखि राजनीतिका गफमा झुमिएर दिन कटाउने कसैको त दिन चर्या नै बनी सकेको छ अहिको समयमा त चिया एउटा यस्तो सर्वप्रिय बनी सकेको छकी कसैलाई आफ्नो काम गराउन लगाउँदा होस यात आफूले अर्काको काम गर्दा होस सबै भन्दा पहिले भनिने शब्द हो चियापान गरौँ अनि अगाडी बढाउला भन्ने चलन नि लोकप्रिय नै छ ।

मान्छे को दुःख भुलाउने नि चिया खुसीयाली मनाउने पनि चिया त्यस कारणले पनि चिया लभरका लागि अहिलेको व्यस्त जिन्दगी लाई केही हदसम्म सहज बनाउनमा चियाको महत्त्वपूर्ण योगदान छ । त्यस कारणले पनि चिया मान्छेको असल मित्रता गाँस्ने मेसो र मन बुझाउने लोकप्रिय पेय पदार्थ हो ।