एनसेलले ल्यायो सबैभन्दा सस्तो मोबाइल डेटा, कसरी लिने ?

एनसेलले ल्यायो सबैभन्दा सस्तो मोबाइल डेटा, कसरी लिने ?

एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरू ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।

ग्राहकले अब कर सहित मात्र रु १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिदै प्रति दिन ७ दिन सम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन् । त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र रु १९९ मा लिएर ७ दिन सम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकहरूमा डेटा भोल्युम पनि बढाएको छ ।

यस अन्तर्गत ग्राहकहरूले पहिले कै मुल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्छन् ।

भोल्युम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले मात्र रु १६९ मा १०.५ जीबी डेटा खरिद गरि दैनिक १.५ जीबी डेटा ७ दिन सम्म प्रयोग गर्न सक्छन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिन सम्म कुल ७ जीबी पाइरहेका थिए ।

अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र रु २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन् । यस अघि ग्राहकले सोहि मुल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिन सम्म पाइरहेका थिए । त्यसैगरि एनसेलका ग्राहकले अब मात्र रु ५९९ मा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

यी नयाँ तथा परिमार्जित प्याकहरू आज बुधबार (चैत्र २) बाट सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरू खरिद गर्न सक्छन् । 

दैनिक जीबी डेटा प्याक अन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याकहरू र थप गरिएका डेटा भोल्युमहरूले ग्राहकहरूलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास लिएको एनसेलको भनाइ छ ।