नेपालमा थप ८२ जनामा कोरोना संक्रमण

नेपालमा थप ८२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । ६ हजार १७५ नमूना परीक्षणमा ८२ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ सय ९० नमूनाको पीसीआर र १३ सय८५ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको  थियो। 

जसमध्ये पीसीआरबाट ४१  र एन्टिजेनबाट ४१ गरी ८२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। बुधबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार  बुधबार थप २१३ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ४५७४ रहेको छ।