नेपाल टेलिकमकाे 'हाेली अफर', २९४ रुपैयाँमा २० जीबी डाटा !

नेपाल टेलिकमकाे 'हाेली अफर', २९४ रुपैयाँमा २० जीबी डाटा !

फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ । 

यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा तीन दिन र दुई सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यो सुविधा खरिद गर्न सकिन्छ । 

फागु पूर्णिमा र चैते दशैँलाई समेत दृष्टिगत गरी ल्याइएको यो अफरको अवधि १५ दिनसम्म कायम रहने टेलिकमले जनाएको छ । 

unn.prixa.net