होलीमा ट्राफिक नियमको पूर्ण पालना गर्न कैलाली ट्राफिकको आग्रह

होलीमा ट्राफिक नियमको पूर्ण पालना गर्न कैलाली ट्राफिकको आग्रह

धनगढी । रङ्गहरुको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन कैलाली ट्राफिकले अनुरोध गरेको छ । होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले मनाउन आग्रह गरिएको हो । ट्राफिक नियमको पुर्णरुपमा पालना गरी होली पर्व मनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल सिंहले ट्राफिक नियमको उल्लङघन गरेमा कारबाही गर्ने चेतावनी दिए । उनले सवारी तथा यातायात मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन आग्रह गरे ।

यस्तै उनले हेलमेट नलगाई सवारी नचलाउन, मोटरसाईकलमा दुईजना भन्दा बढी यात्रा नगर्न, तिब्र गतिमा सवारी साधन नचलाउन र सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन नचलाउन ननुरोध गरेका छन् । यसैगरी उनले ट्राफिक नियमको पुर्णरुपमा पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।

यदि ट्राफिक नियमको उल्लङघन गरेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा नियमावली २०५१ बमोजिम कारवाहि गर्ने प्रहरी निरीक्षक सिंहले चेतावनी दिएका छन् । 'तपाई हाम्रो पर्व खुसी साट्न हो, दुख काट्न हैन,' उनले भने । साथै प्रहरी निरीक्षक सिंहले रंगका माध्यमबाट एक अर्कामा खुसी साटासाट गर्ने फागु पर्व (होली) को शुभकामना ब्यक्त गरेका छन् ।