नेपालमा थप २७ जनामा कोरोना सङ्क्रमण, २२० जना संक्रमणमुक्त

नेपालमा थप २७ जनामा कोरोना सङ्क्रमण, २२० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा २७ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा २७ जनामा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज परीक्षण गरिएकामध्ये शून्य दशमलव ५६ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको हो । यस्तै थप दुई सय २० जना निको भएका छन् ।

नेपालमा अहिले चार हजार तीन सय ७६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यस्तै थप एक लाख ४५ हजार नौ सय ८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।