जिल्ला अस्पताल बझाङको व्यवस्थापन समितिको अध्यक्षमा सोनु सिंह

जिल्ला अस्पताल बझाङको व्यवस्थापन समितिको अध्यक्षमा सोनु सिंह

बझाङ । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको जिला अस्पताल बझाङको नयाँ व्यवस्थापन समितिमा सोनु सिंह नियुक्त गरिएको छ ।

बिहीबार बसेको प्रदेशको १२८ औँ मन्त्रीपरिषद् बैठकले सिंहलाई जिल्ला अस्पताल बझाङको नयाँ व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

प्रदेश सरकार मातहत रहेका पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियुक्त गर्ने निर्णय गरिएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

बैठकले सुदूरपश्चिम प्रदेश अनुगमन तथा मूल्याङ्कन निर्देशिका २०७८, प्रदेश राजपत्र प्रकाशन सम्बन्धी नियमावली २०७८ र प्रदेश वन नियमावली २०७८ स्वीकृत गरेको छ ।