नेपालमा थप १२ जनामा कोरोना पुष्टि, ३९२ जना संक्रमणमुक्त

नेपालमा थप १२ जनामा कोरोना पुष्टि, ३९२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो।

त्यसैगरी तीन हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन परीक्षणबाट शुक्रबार कोरोना पुष्टि हुनेको संख्या ५१ रहेको छ ।

२४ घण्टामा मृत्यु शून्य छ भने ३९२ जनाले कोरोना जितेका छन्। देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ९९६ रहेको छ। मन्त्रालयका अनुसार शुक्रबार २४ घण्टामा २९ हजार ३९० जनाले खोप लगाएका छन्।