ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

रूकुम ।  ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन् । 

रूकुम  जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १२ राङ्सीबाट रूकुमकोटतर्फ जाँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर शुक्रबारसाँझ दुर्घटना भएको हो । 

मृतकको पहिचान अझैं खुल्न नसकेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर विसीले बताए। घाइतेको उपचारको लागि रूकुमकोट अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनेहरू  पुथाउत्तरगंगा गाउँपालिकाका ३२ वर्षीय विरप्रताप बुढा र अर्का एक जना घाइतेलाई थप उपचारका लागि सुर्खेतहुँदै नेपालगञ्जतर्फ लैजान लागिएको प्रहरीले जानकारी दिएको छ। 

ट्याक्टर सडकबाट साढे तीन सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुलेको छैन। चालक फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।