वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सबैभन्दा खुसी देश भएको घोषित गरेको छ ।
वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौं पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो ।
प्रतिव्यक्ति वास्तविक जिडिपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरूजस्ता विभिन्न तत्वका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरूलाई क्रमबद्ध गर्दछ ।
सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्विट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।
स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ ।
त्यसैगरि नेपाल सूचीको ८५ औं स्थानमा छ । नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा छ । भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन।
नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औं नम्बरमा छन् । श्रीलंका १२६ औँ स्थानमा छ भने भारत १३६ औं स्थानमा छ ।
सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ । अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन् ।
सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२ औं नम्बरमा चीन छ भने रुस ७४ औं स्थानमा छ ।
युक्रेन भने १०८ औं स्थानमा छ ।