नेपालमा थप १७ जनामा कोरोना संक्रमण, ४०९ जना डिस्चार्ज

नेपालमा थप १७ जनामा कोरोना संक्रमण, ४०९ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४५४३ जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  सो समयावधिमा ४०९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार अहिले देशभर ३५९५ जना सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा ८७२९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।