नेपाल परिवार दल ले पुर्नवास नगरपालिका वडा नं. ८ को कंकडका सुकुम्बासी लाई सहयोग गर्ने प्रतिबद्धता

नेपाल परिवार दल ले पुर्नवास नगरपालिका वडा नं.  ८ को  कंकडका सुकुम्बासी  लाई सहयोग गर्ने प्रतिबद्धता

कंञ्चनपुर । नेपाल परिवार दलका संयोजक खडक नागरी ले पुर्नवास नगरपालिका वडा नं. ८ कंकड को सुकुम्बासी शिविरमा गई अनुगमन गरेका छन्।

नागरी सहित कंकड का समाजसेवी खेम बहादुर तामाङ ,पार्टीकी सुदूरपश्चिम सयोजक तथाकेन्द्रीय सदस्य बिष्णु कुमारी बिकेले अति बिपन्न सुकुम्बासी बस्तीमा गई उनीहरुका समस्याहरुको अवलोकन गरेका हुन् ।

कंकड को सुकुम्बासी शिविरमा  खानेपानी, चर्पी लगायत दुई छाक खानाको लागि पनि धौ - धौ पर्ने अवस्था छ । सुकुम्बासीका समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधि कसैले पनि वास्था नगरेको स्थानीय वासिन्दाहरुले गुनासो गरेका छन् ।

अनुगमन संगै नेपाल परिवार दल ले कंकड को सुकुम्बासी शिविरमा सहयोग गर्ने प्रतिबद्धता  गरेको छ ।