विश्व कप क्रिकेट लिग–२ : यूएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

विश्व कप क्रिकेट लिग–२ : यूएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) सँगको एकदिवसीय क्रिकेट जित्न नेपालले दुई सय तीन रनको लक्ष्य पाएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय दुई रन बनायो । यूएईका रोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए । यस्तै मुहम्मद वसीमले ३३, चिराग सुरीले २६ र वृत्य अरविन्दले २४ रन जाेडे । 

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले तीन, करण केसी र सोमपाल कार्मीले दुई/दुई तथा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।  

पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो । तर दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो । विश्व क्रिकेट लिग–२ मा १० खेलमा १० अङ्कसहित नेपाल छैटाैँ स्थानमा छ । यूएई दोस्रो र पीएनजी पुछारमा रहेको छ । तर लिगमा नेपालले सबैभन्दा कम खेल खेलेको छ ।