मलद्वारमा १ किलो २ सय ग्राम सुन लुकाएर ल्याउने एकजना पक्राउ

मलद्वारमा १ किलो २ सय ग्राम सुन लुकाएर ल्याउने एकजना पक्राउ

एक किलोभन्दा धेरै सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेको छन् । 

हिजो आइतवार नेपाल एअरलाइन्सको जहाजमा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक शुभम् मेहरालाई एक किलो दुई सय ६८ ग्राम सुनसहित विमानस्थलको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले सुनलाई दुई वटा पलास्टिकमा राखेर पोको बनाइ मलद्वारमा लुकाएर ल्याएका प्रहरीले जानकारी दिएको छ । बरामद सुनको अन्दाजी मूल्य एक करोड आठ लाख ४९ हजार चार सय रुपैयाँ रहेको छ ।

पक्राउ परेका मेहरालाई प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा उपस्थित गराएको छ ।