निर्वाचन मतपेटिकालाई आँखाबाट ओझेल पर्न दिँदैनौं : अध्यक्ष ओली

निर्वाचन मतपेटिकालाई आँखाबाट ओझेल पर्न दिँदैनौं : अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल पर्न दिन नहुने बताउनुभएको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वटमा सोमबार बिहान साढे १२ बजेदेखि सुरु भएको पोलिट्ब्यूरोको पहिलो बैठकमा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भरतपुर र सिराहा काण्ड दोहोरिन सक्ने आशङ्का व्यक्त गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

त्यस्तै, उहाँले निर्वाचन आयोग समेत एमालेविरुद्ध लागेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आग्रह गर्नुभयो । ‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल पर्न मञ्जुर गर्दैनौं । अन्तिमसम्म मतपेटिका हाम्राे आँखा अगाडि हुनुपर्छ । विश्वास गर्नुस् भन्ने कुरा हुँदैन ।

विश्वासको कुराले हुने भए गोप्य मतदान नै किन चाहिन्थ्यो र? ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहको चुनावमा ‘भरतपुर र सिराहा काण्ड’ दोहोरिन सक्छ । त्यसैले सचेत हुनुहोस् ।’