धनगढीमा फोहोरमैला व्यवस्थापन र पानी प्रशोधन केन्द्र स्थापना गर्न सरकारले दियो स्वीकृति

धनगढीमा फोहोरमैला व्यवस्थापन र पानी प्रशोधन केन्द्र स्थापना गर्न सरकारले दियो स्वीकृति

धनगढी । सरकारले धनगढीमा फोहोरमैला व्यवस्थापन र फोहोर पानी प्रशोधन केन्द्र स्थापना गर्न स्वीकृति प्रदान गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सोमबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै प्रवक्ता कार्कीले कैलालीको धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन र फोहोर पानी प्रशोधन केन्द्र निर्माणको कार्य अघि बढाउन स्वीकृत दिने निर्णय गरेको बताए ।