कैलालीमा ट्रकको ठक्करबाट युवक मृत्यु प्रकरण, अवरुद्ध पूर्व-पश्चिम राजमार्ग सुचारु

कैलालीमा ट्रकको ठक्करबाट युवक मृत्यु प्रकरण, अवरुद्ध पूर्व-पश्चिम राजमार्ग सुचारु

धनगढी । ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि अवरुद्ध पारिएको कैलालीको पूर्व-पश्चिम राजमार्ग सुचारु भएको छ । आज बिहान ११ बजेदेखि अवरुद्ध पारिएको राजमार्ग भोलि बिहान आठ बजे वार्ता गर्ने सहमति पछि खुलाइएको हो ।

कैलालीको लम्की १० मा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि राजमार्ग अवरुद्ध पारिएको थियो । २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए ।

रावलको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक ३१ वर्षीय बुद्दीराम सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।