मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : दोस्रो दिनको पहिलो खेलमा पुलिस क्लब विजयी

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : दोस्रो दिनको पहिलो खेलमा पुलिस क्लब विजयी

धनगढी । धनगढीमा सोमबारबाट सुरु भएको दोश्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले जित निकालेको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३-० को सोझो सेटमा पराजित गरेको हो । खेल धनगढीस्थित रंगशालाको हलमा भइरहेको छ । पुलिसले प्रदेशलाई १ लाई २५–१८,२५–१० र २५–१८ को सेटमा हराएको हो ।

चैत्र १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने सिंहले बताए। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ।