करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन्। मंगलबार दिउँसो मानन्धर एमालेमा प्रवेश गर्न लागेकी हुन्।

उनी यस अगाडि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेकी थिइन् तर नयाँ शक्ति पार्टी संघीय समाजवादीमा एकीकरण भएपछि उनी निष्क्रिय बनेकी थिइन्।

नेकपा एमालेले दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गरेर पूर्वमन्त्री समेत रहेका प्रेमबहादुर सिंहसहित सिंगो पार्टी र अभिनेत्री करिश्मालाई पार्टी प्रवेश गराउन लागेको हो। अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउने कार्यक्रम तय भएको छ। सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्‍मा खानेपानी मन्त्री भएका थिए।