कैलालीमा ट्रकको ठक्करबाट रावल मृत्यु प्रकरण : पूर्वपश्चिम राजमार्ग अबरुद्ध

कैलालीमा ट्रकको ठक्करबाट रावल मृत्यु प्रकरण : पूर्वपश्चिम राजमार्ग अबरुद्ध

धनगढी । कैलालीमा सोमबार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि आफन्तले पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका १० चुहाका २६ वर्षीय टेकबहादुर रावलको मृत्यु भएपछि आफन्त र स्थानीयले उचित क्षेतिपुर्ति र न्यायको माग गर्दै मंगलबार पनि राजमार्ग अवरुद्ध पारेका हुन् ।

सुदूरपश्चिम प्रदेश  ०१ ००९ प ३९२६ नम्बरको मोटरसाइकललाई  लम्कीचुहा  वडा नं १० चुहामा पश्चिमतर्फ जादै गरेको  लु १ ख ८९३० नम्बरको ट्रकले ठक्कर दिदा गम्भीर घाइते भएका  २६ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते रावललाई लम्कीस्थित लालरत्न अस्पतालले उपचारका लागि नेपालगञ्ज अस्पताल रिफर गरेको थियो। अस्पताल पुगाए पनि भर्ना गर्न नपाउदै रावलको मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालक अहिले प्रहरी नियन्त्रणमा छ्न् ।