सुदूरपश्चिम महोत्सवको तयारी पूरा : करिब ४ लाख दर्शकले अवलोकन गर्ने अनुमान

सुदूरपश्चिम महोत्सवको तयारी पूरा : करिब ४ लाख दर्शकले अवलोकन गर्ने अनुमान

धनगढी । धनगढीमा बिहीबारदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको तयारी पूरा भएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै वाणिज्य संघले महोत्सवको तयार पूरा भएको जानकारी गराएको हो । भोलिबाट सुरु हुने महोत्सव २० गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन भोलि दिउँसो २ बजे सुदूरपश्चिमका मुख्यमन्त्रि त्रिलोचन भट्टले गर्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

त्यसअघि बिहान १० बजे प्रभातफेरीको आयोजना गरिएको छ । महोत्सवमा अनुमानित २ करोडको लगानीमा उत्कृष्ट रुपमा सम्पन्न गरिने छ भने महोत्वस उद्योगी व्यवसायको १० करोड वरावरको कारोवार हुने अनुमान गरिएको अध्यक्ष कुँवरले बताए ।

महोत्सवमा कृषि,जडिवुटी,हस्तकला, फर्निचर,अटोमोवाइल्स,गारमेन्ट,इलेक्टोनिकल,होटल र सुचना प्रविधि गरि २५० जति संख्याको स्टलहरुको सहभागीता रहेको छ । पहिलाको भन्दा फरक ठाउँमा भएको हुँदा सुरक्षा निकायहरुमा सुरक्षा व्यवस्थालाई चुस्त गराइदिन आयोजकले अनुरोध गरेको छ । 

अहिले सम्म स्टल ९५ प्रतिशत वुक भएसकेको छ, भने महोत्सवको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश सरकार रहेको छ, प्रर्वद्धक धनगढी उपमहानगरपालिका रहेको छ त्यसै गरि मुख्य प्रायोजक यशोदा फुड्स प्रा.लि. रहेको छ ।

महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।