धनगढीमा सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदै

धनगढीमा सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदै

धनगढी । कैलालीको धनगढीमा १५औँ सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुने भएको छ । उक्त महोत्सवको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार सुदूरपश्चिम सरकारलाई एकमात्र माग राखिने छ । धनगढीमा प्रदर्शनी स्थलको व्यवस्थापनका लागि एक सुत्रिय माग राखिने उनले बताए । महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा हुनेछ।

महोत्सवमा अनुमानित २ करोडको लगानीमा उत्कृष्ट रुपमा सम्पन्न गरिने छ भने महोत्वस उद्योगी व्यवसायको १० करोड वरावरको कारोवार हुने अनुमान गरिएको अध्यक्ष कुँवरले बताए ।

महोत्सवमा कृषि,जडिवुटी,हस्तकला, फर्निचर,अटोमोवाइल्स,गारमेन्ट,इलेक्टोनिकल,होटल र सुचना प्रविधि गरि २५० जति संख्याको स्टलहरुको सहभागीता रहेको छ । पहिलाको भन्दा फरक ठाउँमा भएको हुँदा सुरक्षा निकायहरुमा सुरक्षा व्यवस्थालाई चुस्त गराइदिन आयोजकले अनुरोध गरेको छ । 

अहिले सम्म स्टल ९५ प्रतिशत वुक भएसकेको छ, भने महोत्सवको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश सरकार रहेको छ, प्रर्वद्धक धनगढी उपमहानगरपालिका रहेको छ त्यसै गरि मुख्य प्रायोजक यशोदा फुड्स प्रा.लि. रहेको छ ।

महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।