धनगढीमा सुदूरपश्चिम महोत्सव सुरु, मुख्यमन्त्री भट्टद्धारा उद्घाटन

धनगढीमा सुदूरपश्चिम महोत्सव सुरु, मुख्यमन्त्री भट्टद्धारा उद्घाटन

धनगढी । धनगढीमा 'समृद्ध सुदुरपश्चिमका लागि आर्थिक समृद्धि' भन्ने नारासहित १५औँ सुदूरपश्चिम महोत्सव आजदेखि सुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बिहीबार उद्घाटन गरेका हुन् ।

उद्योग वाणिज्य संघ कैलालीले धनगढीमा प्रदर्शनी स्थलको व्यवस्थापनका लागि एक सुत्रिय माग मुख्यमन्त्री समक्ष राखेका छन् । भने मृख्यमन्त्री भट्टलाई ७ किलोको माला समेत लगाइएको थियो । आजबाट सुरु भएको महोत्सव यही चैत २० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा लागेको छ । महोत्सवमा अनुमानित २ करोडको लगानीमा उत्कृष्ट रुपमा सम्पन्न गरिने छ । महोत्सवमा उद्योगी व्यवसायको १० करोड वरावरको कारोवार हुने अनुमान गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।