कांग्रेसले निर्वाचनमा टिकट वितरणका लागि संसदीय समिति गठन गर्ने,केन्द्रीय कार्यसमिति आज बैठक बस्दै

कांग्रेसले निर्वाचनमा टिकट वितरणका लागि संसदीय समिति गठन गर्ने,केन्द्रीय कार्यसमिति आज बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।  पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजे बस्ने जनाएको छ । 

 बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने भएको हो ।

पार्टी विधानअनुसार निर्वाचन लड्ने उमेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई मात्र छ ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी अर्को मुख्य एजेन्डा रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका दिए । बैठकमा स्थानीय तह निर्वाचनका लागि ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको समेत समीक्षा जनार्एको छ ।