ओली आज उदयपुर जाँदै,जनसभाको आयोजना र पार्टी प्रवेश गराउने कार्यक्रम

ओली आज उदयपुर जाँदै,जनसभाको आयोजना र पार्टी प्रवेश गराउने कार्यक्रम

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर जाँदै छन्। 

मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न अध्यक्ष ओली उदयपुर जान लागेको ओलीको सचिवालयले जनाएको छ।  त्रियुगाा नगरपालिका–१० मा स्थापना भएको आँखा अस्पतालको आज दिउँसो साढे १२ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ । 

एमाले उदयपुरले बृहत जनसभाको पनि आयोजना गरेको छ। सो जनसभामा ओलीले सम्बोधन गर्ने र पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।