नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २७१ जना निको

नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २७१ जना निको

मुलुकभर पछिल्लो २४ घण्टामा  थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । ४ हजार ३ सय ४२ नमुनाको परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै आज २ सय ७१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ६० रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आज ६४ हजार ३ सय ४७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।