एकदिवसीय क्रिकेट : नेपाल पीएनजीसँग ६ रनले पराजित

एकदिवसीय क्रिकेट : नेपाल पीएनजीसँग ६ रनले पराजित

एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर बनाए पनि नेपाल पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेटमा ६ रनले पराजित भएको छ । पीएनजीसँग नेपालको यो पहिलो हार हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो ।

नेपालले एक दिवसीय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले २८ जनवरी २०१९ मा यूएईविरुद्ध २५५ रनको लक्ष्य भेट्टाएको थियो ।

नेपालका लागि रोहितकुमार पौडेले कीर्तिमानी पारी खेलेका थिए । उनले १०७ बलमा १२६ रन बनाए पनि नेपाल विजयी हुन सकेन ।

बलिङतर्फ नेपालका कमल ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवान सराफले एक एक विकेट लिए ।

घरेलु मैदानमा नेपालले पहिले द्विपक्षिय शृंखला खेल्दा घरेलु मैदानमा सन्दीपले कप्तानमा डेब्यु गरे । यस्तै देव खनालले पनि सिनियर टिममा डेब्यु गरे ।