कञ्चनपुरमा भारतीय एसएसबीको दादागिरी, आफ्नै भूमिमा पनि व्यापार गर्न नेपालीलाई अवरोध

कञ्चनपुरमा भारतीय एसएसबीको दादागिरी, आफ्नै भूमिमा पनि व्यापार गर्न नेपालीलाई अवरोध

कञ्चनपुर । कञ्चनपुरस्थित नेपाल–भारत सीमा नजिक पर्ने नेपाली भू-भागमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले व्यापारमा अवरोध गरेको छ ।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार नजिक स्थानीयले व्यापारका लागि छाप्रो राख्न खोजेपछि भारतीय पक्षले अवरोध गरेको हो । ब्रह्मदेव बजार नजिक नेपाली भूमिमा एसएसबीले व्यापारका लागि पसल राख्न नदिएको स्थानीय हरिश पन्तले बताए ।

भारतीय पक्षले त्यस क्षेत्रमा सीमा स्तम्भ हराएको भन्दै केही काम गर्न नदिएको भीमदत्त नगरपालिका–९ अध्यक्ष राम नाथले बताए । ‘स्तम्भ एकीन नभएकाले हामीले पनि केही काम गर्दैनौँ । तपाईंहरु पनि अहिले केही काम नगर्नूहोस् भनेका छन्,’ उनले भने। वडाध्यक्ष नाथका अनुसार त्यही कारणले भारतीय पक्षले सो क्षेत्रमा सडक कालोपत्रे गर्नमा पनि अवरोध सृजना गरेको छ ।