देशभर तापक्रम बढ्ने क्रम,पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा

देशभर तापक्रम बढ्ने क्रम,पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

देशको पहाडी भूभागमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश १ र बागमती प्रदेशको पहाडी  भूभागमा आंशिक  बदली रही बाँकि भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

राती प्रदेश १ र बागमती प्रदेशको पहाडी  भूभागमा आंशिक बदली रही बाँकि भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। 

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न तथा पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन चटयाङ्ग सहित वर्षाको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।