३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा गठबन्धन बनाउने वा एक्लै लड्ने भन्ने विषयमा कांग्रेसभित्र मतभेद देखिएको छ ।
स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने सदस्यहरूको गठबन्धनलाई लिएर मत भएको छ ।
संस्थापन पक्षका नेताहरूले आवश्यकताका आधारमा गठबन्धन गरेर जानुपर्ने मत राखेका छन् भने इतर समूहका नेताहरू एक्लै चुनाव लड्नुपर्ने पक्षमा उभिएका छन् । शुक्रबारको बैठकमा २१ केन्द्रीय सदस्य र ६ प्रदेशका सभापतिले धारणा राखेकामा अधिकांशले आवश्यकताअनुसार गठबन्धनमा जोड दिएका छन् ।