अन्तरदेशीय सिमानाको इतिहास बुझाउने पुस्तक (‘हिस्टोरिकल बाउन्ड्री म्याप्स रिलेटेड टु नेपाल) प्रकाशित

अन्तरदेशीय सिमानाको इतिहास बुझाउने पुस्तक (‘हिस्टोरिकल बाउन्ड्री म्याप्स रिलेटेड टु नेपाल) प्रकाशित

मुलुकको अन्तरदेशीय सिमानाको इतिहास बुझाउने पुस्तक ‘हिस्टोरिकल बाउन्ड्री म्याप्स रिलेटेड टु नेपाल’ प्रकाशित भएको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको शुक्रबार सार्वजनिक उक्त पुस्तकमा नेपालको अन्तर्राष्ट्रिय सीमा क्षेत्रका ९० विभिन्न नक्साहरू र ४४ विस्तृत विवरण भएका नक्साहरू र तिनको व्याख्यासमेत छ ।

सीमाविद् श्रेष्ठले विभिन्न पुस्तकालयबाट किनेर र अनुमति लिएर मुलुकको अन्तर्राष्ट्रिय सीमाको यथार्थ बुझाउने नक्साहरू हात पारेका थिए । उनले हावर्ड विश्वविद्यालय, ब्रिटिस म्युजियम, जोन एफ केनेडी प्रेसिडेन्सियल लाइब्रेरीलगायत पुस्तकालयबाट नक्साहरू प्राप्त गरेका थिए ।

उनको पुस्तकले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भूभाग कसरी सदीयौंदेखि नेपालको थियो र हो भन्ने ऐतिहासिक नक्साहरूले बोल्छन् भन्ने प्रस्ट पारेको छ ।

सन् १९१८, सन् १९२७, सन् १९५० र सन् १९६५ का नेपाल–भारत सिमानाका नक्साहरू पाएको र त्यसले प्रस्टसँग काली नदीको मुहान उल्लेख गरेको भन्दै भारतले २ नोभेम्बेर २०१९ मा आफूखुसी नक्सा जारी गरेर नेपालको भूभागमा आफ्नो दाबी जनाएको उनले बताए ।

कान्तिपुर